अमेरिकामा सेनाको हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु भएको आशंका

अमेरिकामा सेनाको हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु भएको आशंका

एजेन्सी : अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशंका गरिएको छ।

केन्टकीका गभर्नर एन्डी बेशियरले यसको पुष्टि गर्दै भने, ‘यो एकदम नराम्रो खबर हो, जसमा मानिसहरू मारिने सम्भावना छ।’

स्थानीय समाचार रिपोर्टहरूले घटना स्थानीय समयअुनसार राति साढे ११ बजे भएको बताएका छन्। जसमा नौ जनाको मृत्यु भएको उनीहरूको दाबी छ।

स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनामा संलग्न भएको पुष्टि गरेको छ।

फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको विज्ञप्तिमा दुईवटा एचएच६० ब्ल्याकहक हेलिकप्टर नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए।

चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए।

१६ चैत, २०७९, १२:४४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।