सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : साताको पाँचौं दिन सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा तीन सय रुपैयाँ घट्दा चाँदीको मूल्यमा भन् १० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य भने १ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने बुधबारको तोलामा बिहीबार १० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ।

१६ चैत, २०७९, ११:००:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।