पाँच सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँको हेरफेर

पाँच सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँको हेरफेर

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। चाँदीमा तोलको १० रुपैयाँले परिवर्तन आएको छ।

मंगलबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य बुधबार १ लाख ८ हजार तोकिएको छ भने चाँदीको मूल्यमा पनि परिवर्तन भएको छ।

यसदिन चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

१५ चैत, २०७९, १०:४७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।