दयाहाङ र प्रकृति स्टारर फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक

दयाहाङ र प्रकृति स्टारर फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक

काठमाडौं : दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ।

फिल्म निर्माण टिमले करिब ३ मिनेट लामो ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।  प्रवेश पौडेलले निर्देशित फिल्म आगामी बैशाख १ गते प्रदर्शन हुँदैछ।

दयाहाङ र प्रकृति प्रेमी–प्रेमिका हुँदै पति–पत्नीको भूमिकामा देखिएको फिल्म कमेडी, सेन्टिमेन्टस र सस्पेन्सले भरिएको निर्माण पक्षको दाबी छ।

मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन्।

रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म शिव ढकालले खिचेका हुन् भने मित्र गुरुङले सम्पादन गरेका हुन्।

१० चैत, २०७९, १६:४७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।