विवाह घरमा आगलागी हुँदा भारतमा १४ जनाकाे मृत्यु, मर्नेमा चार बालबालिका

विवाह घरमा आगलागी हुँदा भारतमा १४ जनाकाे मृत्यु, मर्नेमा चार बालबालिका

एजेन्सीः भारतको झारखण्ड राज्यमा आगलागीमा परेर कम्तीमा १४ जनाको ज्यान गएको छ। उक्त आगलागीमा परेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका रहेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो।

पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर अन्य दर्जनौं व्यक्ति घाइते भएकाे बताइएकाे छ।

आगलागी के कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ। 

१८ माघ, २०७९, १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।