दशैंमा घर जाने यात्रुलाई लक्षित गर्दै देशका आठ ठाउँमा गल्फ लुब्रिकेन्ट्सको निःशुल्क चेकअप क्याम्प

दशैंमा घर जाने यात्रुलाई लक्षित गर्दै देशका आठ ठाउँमा गल्फ लुब्रिकेन्ट्सको निःशुल्क चेकअप क्याम्प

काठमाडौंः नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने नेपाल ल्युब आयल लिमिटेडले देशका आठ ठाउँमा निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ।

बिहीबारदेखि शनिबारसम्म आयोजना गरेको क्याम्पमा दशैंमा घर जाने यात्रुलाई लक्षित गर्दै चारपांग्रे र दुईपांग्रे सवारी साधनको निःशुल्क चेकअप हुनेछ।

कम्पनीले मलेखु, हेटौंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया र इटहरीमा क्याम्प सुरु गरेको छ। क्याम्पमा गल्फ इन्जिन आयल र स्पेयर पार्ट्समा १० प्रशितसम्मको छुट पाइएने कम्पनीले जनाएको छ।

१३ असोज, २०७९, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।