रारामा एक अर्ब १० करोड अष्ट्रेलियन लगानीमा लक्जरी रिसोर्ट बन्ने

रारामा एक अर्ब १० करोड अष्ट्रेलियन लगानीमा लक्जरी रिसोर्ट बन्ने

काठमाडौँ :  रारा ताल क्षेत्रको मुर्माकोटमा नेपालीले खोलेको रिसोर्टमा अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ। तेस्रो लगानी सम्मेलनमा रारा होल्डिङस् प्रालीले अगाडि बढाएको रिसोर्ट निर्माणमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने सहमति भएको हो।

८० रोपनी क्षेत्रफलमा रिसोर्ट बनाउन अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड लगानी गर्ने सहमति भएको हो।

तेस्रो नेपाल लगानी सम्मेलनमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस् प्राविका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका थिए।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा रिसोर्ट बन्दैछ। रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्राविका शाहले बताए।

समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिने शाहले जानकारी दिए। १८ महिनाभित्र रिसोर्टको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शाहले बताए।

१७ बैशाख, २०८१, १६:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।