राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक सम्मानित

राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक सम्मानित

काठमाडौं : नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ।

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा बैंक सम्मानित भएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रशंसापत्र प्रदान गरेका हुन्।

आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो।

नेपाल एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

१८ बैशाख, २०८१, ०९:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।