स्वास्थ्य बिमाको समस्या समाधान गर्न राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल गठन

स्वास्थ्य बिमाको समस्या समाधान गर्न राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल गठन

काठमाडौं : स्वास्थ्य बिमाको समस्या सामाधानका लागि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षताको पाँच सदस्यीय कार्यदल गठन भएको छ। बिहीबार स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ स्तरीय निर्णयअनुसार सो कार्यदल गठन भएको हो।

कार्यदलका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, मन्त्रालयका बिमा बोर्डका सदस्य डा. सुरेश तिवारी सदस्य छन्। 

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव (सामाजिक सुरक्षा हेर्ने) सदस्य छन्। तर सहसचिवको नाम भने तोकिएको छैन। त्यसैगरी कार्यदलको सदस्य सचिवमा मन्त्रालयका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल छन्। 

नेपालको स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौति अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन हप्ताभित्र पृष्टपोषणसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन भएको स्वास्थ्य मन्त्री खापुङका प्रेस सल्लाहकार केदारप्रसाद गौतमले जानकारी दिए।

तर, स्वास्थ्य राज्यमन्त्री केसीले भने केही दिनअघि यस विषयमा कार्यदल बन्ने कुरा भए पनि कार्यदल बनेको पत्र भने आफूले नपाइसकेको जानकारी दिए। उनले भने, ‘मलाई पत्र आइपुगेको छैन। तर कुरा त पाँच दिन अगाडिको हो।’

यसलाई विशेष ढंगले हेरौं भनेर कुरा भएको राज्यमन्त्री केसीले जानकारी दिए। स्वास्थ्य मन्त्री खापुङले नभ्याउने भएकाले आफूलाई विशेष हेर्न भनेको उनले बताए। राज्यमन्त्री केसीले भने, ‘मन्त्रीज्यूले आफैंले मैले भ्याइनँ, हजुरले हुर्नुप¥यो भनेपछि लौ ठिक छ भनेर कुरा भएको हो। तर चिठी चाहिँ आइपुगेको छैन।’

२६ साउन, २०७९, २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।