एघारौँ तहकालाई हटाएर ट्रमामा १० औँ तहकालाई मेसुको जिम्मा

एघारौँ तहकालाई हटाएर ट्रमामा १० औँ तहकालाई मेसुको जिम्मा

काठमाडौँ : एघारौँ तहका डा बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बाट हटाएर स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १० औँ तहका डा. प्रमोदकुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका छन्।

डा. बद्री रिजाललाई ट्रमा सेन्टरमा साबिक बमोजिमको पदमा रहेर कामकाज गर्ने गरी जिम्मेवारी तोक्दै उनले १० औँ तहका यादवलाई ट्रमा सेन्टरको प्रशासनको जिम्मा दिएका हुन्। मन्त्री यादवले आयुर्वेद अस्पताल नरदेवीमा दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिइसकेका छन्।

स्वास्थ्य मन्त्री मोहन बस्नेतले ट्रमामा रिजाललाई नियुक्त गरेका थिए।

७ बैशाख, २०८१, १४:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।