राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा पनि सत्ता-गठबन्धनको क्लिनस्विप

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा पनि सत्ता-गठबन्धनको क्लिनस्विप

सुर्खेत : राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा पनि सत्तारुढ गठबन्धनले जितेको छ।

पाँचदलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएको प्रदेश निर्वाचन अयोगले घोषणा गरिसकेको छ।

मत परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा ३ हजार ६ र नेकपा माओवादीका नरबहादुर विष्ट ३ हजार ६ मतभार ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

यस्तै नेकपा एमालेका तीनै जना उम्मेदवारले समान १४१६ मतभार प्राप्त गरेका छन्।

‘राष्ट्रिय सभा सदस्यको आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कर्णाली प्रदेशसभा सदस्य सोशीला शाहीले भने मतदान नगरेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

उनका अनुसार कर्णालीमा स्थानीय तहको १५६ र प्रदेशसभाको ३५ गरी कुल मतसंख्या १९१ मा १८९ खसेको थियो।

जस अनुसार स्थानीयतर्फ महिला कलस्टरमा दुई वटा र अपाङ्गतातर्फ एक मत बदर भएको थियो।

कर्णाली प्रदेशमा प्रदेश सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित  एक सय ५६ जना मतदाना रहेका थिए।

कुनै पनि प्रदेशमा आफूहरुका उम्मेदवार नभएका कारण पार्टीले मतदान नगर्ने निर्णय गरेपछि आफू सहभागी नभएको राप्रपाकी सांसद सोशीला शाहीले बताइन्।

१२ माघ, २०७८, १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।