पौडेल पक्षको बहिष्कारपछि रुपन्देही क्षेत्र नम्बर ३ को मतदान स्थगित 

पौडेल पक्षको बहिष्कारपछि रुपन्देही क्षेत्र नम्बर ३ को मतदान स्थगित 

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को मतदान प्रक्रिया स्थगित भएको छ।

सोमबार हुने भनिएको निर्वाचन नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पछि केन्द्रीय निर्वाचन समितिको आदेश अनुसार निर्वाचन मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

ढिलो गरी सुरु भएको मतदानमा असुरक्षाको कारण देखाउँदै क्षेत्रीय सभापति पदका उम्मेदवार मात्रिका प्रसाद यादवको समूहले मतदान भोलि गर्न आग्रह गरेको थियो। चर्को दबाबबीच मतदान सुरु भएपछि यादव समूह बहिष्कार गरेर निर्वाचन स्थलबाट बाहिरिएको थियो। 

बाहिरिए लगत्तै यादव समूहले शेरबहादुर देउवा समूहले शक्तिको आडमा गुण्डागर्दी शैली अपनाउँदै जबरजस्ती मतदान गराएको बताउँदै कानुनी उपचारमा जाने चेतावनी दिएको थियो।

६ मंसिर, २०७८, २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।