'ए' डिभिजन लिगमा आज दुई खेल: पहिलोमा आर्मी र पुलिस भिड्दै

'ए' डिभिजन लिगमा आज दुई खेल: पहिलोमा आर्मी र पुलिस भिड्दै

काठमाडौंः जारी शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।  

दुई विभागीय टोलीबीचको खेल आज दिउँसो १ बजेबाट सुरु हुनेछ। भरत खवासको कप्तानीमा मैदानमा उत्रने आर्मी र राम बाजीको कप्तानीमा उत्रने पुलिसबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ। आर्मी अघिल्लो सिजनको उपविजेता भएकाले पनि आज साख जोगाउन मैदानमा खरो उत्रने विश्वास गरिएको छ। 

यस्तै आजै अपराह्न ४:४५ बाट मच्छिन्द्र फुटबल क्लब र न्युरोड टीम (एनआरटी)बीच पनि खेल हुँदैछ। मच्छिन्द्र सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ भने एनआरटी अजित प्रजापतिको कप्तानीमा मैदानमा उत्रनेछ। 

'ए' डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

६ मंसिर, २०७८, ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।