चर्चित गीत 'मनिके मगे हिथे' अब चलचित्रमा, याेहानीले नै दिने आवाज 

चर्चित गीत 'मनिके मगे हिथे' अब चलचित्रमा, याेहानीले नै दिने आवाज 

रिमेक गीतमा पनि याेहानीले नै आवाज दिने छिन्। फिल्ममेकर इन्द्र कुमारकाे चलचित्र 'थ्यांक गड'मार्फत याेहानीले बलिउड डेब्यू पक्का गरेकी हुन्। 

विभिन्न सामाजिक सञ्जालमा चर्चित भएकाे गीत युट्युबमा मात्रै एक सय ६० मिलियनभन्दा बढी हेरिएकाे छ। यसअघि यस गीतलाई तमिल, मलयालम, बांग्ला र अरू विभिन्न भाषामा रिमेक गरिसकिएकाे छ। चलचित्रमा समावेश हुने भर्जनमा पनि तनिष्क बागचीले संगीत दिने छन्। 

यसबारे याेहानीले आफ्नाे इन्स्टाग्राम अकाउण्टमार्फत एक पाेस्ट गर्दै जानकारी दिएकी हुन्।

 

३ कात्तिक, २०७८, ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।