रणवीरकाे जन्मदिनमा चलचित्रकाे 'फर्स्ट लुक' उपहार

रणवीरकाे जन्मदिनमा चलचित्रकाे 'फर्स्ट लुक' उपहार

चलचित्रकाे फर्स्ट लुकमा रणवीरकाे निधारमा एउटा दाग देखाइएकाे छ। चलचित्रका मेकर्सहरूले यसलाई 'द मार्क अफ शमशेरा' भनेका छन्। एक्सनप्रधान भनिएकाे चलचित्रमा रणवीरसँगै वाणी कपुरकाे पनि अभिनय रहेकाे छ। यस्तै चलचित्रमा सञ्जय दत्तकाे पनि अहम् भूमिका रहेकाे बताइएकाे छ। 

करण मल्होत्राले निर्देशन गरेकाे चलचित्र ‘शमशेरा’मा १८औं शताब्दीकाे बेलायती साम्राज्यवादकाे समयलाई आधार मानिएकाे छ। रणवीर कपुर बेलायती शासनकाे विरुद्धमा बदला लिँदै गरेकाे पात्रकाे रूपमा रहेकाे बताइएकाे छ। ‘शमशेरा’काे प्रदर्शन मिति १८ मार्च २०२२ का लागि ताेकिएकाे छ। 

१३ असोज, २०७८, ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।