कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सांकेतिक तस्बिर।

धनगढी  : कञ्चनपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-५, आम्खैयामा बिहीबार राति से६प ३१६७ नम्बरको मोटरसाइकल र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल ठोक्किँदा धनगढीको गोदावरी राइस मिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका-२, वाणीका ३५ वर्षीय जनक बोहराको ज्यान गएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते जोशीको उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पताल मृत्यु भएको हो। यस्तै, अर्का घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन्। घाइतेहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

२ माघ, २०७७, ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।