तेस्रो लगानी सम्मेलनमा ५५ देशका १६ सय प्रतिनिधि, एक सय ५० परियोजना शोकेसमा

तेस्रो लगानी सम्मेलनमा ५५ देशका १६ सय प्रतिनिधि, एक सय ५० परियोजना शोकेसमा

काठमाडौं : बिदेशी लगानी आकर्षित गर्न आइतबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनमा ५५ देशका एक हजार छ सय प्रतिनिधिहरुको सहभागी हुने भएका छन्।

सरकारले लगानीकर्ताहरुलाई नेपालमा गर्न सकिने विभिन्न परियोजनाहरुको जानकारी गराउन यो सम्मेलनको आयोजना गरेको हो। लगानी बोर्डका अनुसार सम्मेलनमा एक सय ५० परियोजनाहरु शोकेसमा राखिनेछन् भने १९ परियोजनाका लागि आशय पत्र जारी गर्नको लागि तयार रहिनेछ।

सम्मेलनमा चीन, भारत, अमेरिका, बेलायत, युएई, बंगलादेश, जर्मनी, अष्ट्रेलिया, सिंगापुर, रुस, क्यानडा, कुवेत, स्विजरल्याण्ड, नर्वे, इटली, साइप्रस, आयरल्याण्ड लगायतका ५५ देशहरुका लगानीकर्ताहरुको सहभागिता रहने छ।

नेपालको अनौपचारिक तथा कायम रुपमा सुधार नहुँदा विगतका सम्मेलनहरुले पर्याप्त लगानी भित्र्याउन सकेन। तर यस पटकको सम्मेलनमा सरकारले उच्च सतर्कता अपनाएकाले विभिन्न क्षेत्रबाट लगानी भित्रिने विश्वास लिइएको देखिन्छ।

१५ बैशाख, २०८१, २२:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।