ब्याच नम्बर ६९ : भूकम्पपीडितलाई सहयोग गर्न अमेरिकाबाट आएकी युवती यौन सम्बन्ध राख्न नमान्दा सेतीमा फ्याकिइन्

ब्याच नम्बर ६९ : भूकम्पपीडितलाई सहयोग गर्न अमेरिकाबाट आएकी युवती यौन सम्बन्ध राख्न नमान्दा सेतीमा फ्याकिइन्

कुनै-कुनै घटना लामो समयसम्म दिमागमा घुमिरहन्छ। यस्तो किन गरेको होला भन्ने खालको प्रश्न उब्जाउने घटना, जसले मन छुन्छ। प्राय यस्तै घटना नै हुन् लामो समयसम्म मनमा गढेर बसिरहने।

गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले धेरैको जनजीवन क्षतविक्षत बनायो। त्यो बेलामा एक पोका चाउचाउ दिए पनि राहत हुने अवस्था थियो गोरखा अनि सिन्धुपाल्चोकतिर।

अन्तर्राष्ट्रिय मिडियामा पनि नेपालको भूकम्पको क्षतिबारे महत्वका साथ समाचार प्रकाशन भयो। त्यसको प्रभावले मनकारी विदेशीहरू जति सहयोग गर्न सकिन्छ त्यही बोकेर नेपाल आएका पनि थिए।

भूकम्पको प्रभावबारे जानकारी भएपछि जे सक्छु सहयोग गर्छु भनेर अमेरिकीबाट नेपाल आएकी एक स्वयंसेवी युवती पुन: अमेरिका फर्कन पाइनन्। यो घटनाले निकै मन छोयो मेरो। अहिले सम्झँदा पनि के गरेको होला स्वाँठले भन्ने लाग्छ।

०००

२५ वर्षकी अमेरिकी युवती डालिया एहिया अमेरिकाको मिचिगनको कालामाजुमा बस्ने रहिछिन्। २५ वर्षकी उनी त्यहाँ विद्यालयमा आर्ट टिचर थिइन्।

नेपालमा भूकम्पले पारेको क्षतिबारे समाचारहरूमा देखेपछि उनलाई नेपाल आउन मन लाग्यो। विशेषत: गोरखा गएर समुदायका लागि जे गर्न सक्छु, गर्छु भन्ने लागेछ।

उनका लागि नेपाल नौलो देश थियो। होटल नभई स्थानीय होस्ट, जहाँ पेइङ गेस्टका रूपमा बस्ने मिल्ने हुन्छ इन्टरनेटबाट इच्छुक खोज्न मिल्ने रहेछ।

काउच सर्फिङ भनिने यपमा खोज्ने क्रममा उनले पोखराको एक युवा फेला पारिन्। उनले तीनै युवासँग कुराकानी गरेर जुलाइमा नेपाल आइन्।

उनी काठमाडौं आएर सिधै पोखरा गइन्। अनि त्यहाँबाट गोरखा। गोरखामा बसेर स्थानीय समुदायहरूसँग मिलेर उनले भूकम्प प्रभावितहरूका लागि आफूले सके अनुसार काम गरिन् अनि पोखरा फर्किइन्।

उनी पोखरामा नारायण पौडेलको घरमा बसेकी थिइन्। ३० वर्षका नारायण स्थानीय विद्यालयमा प्राथमिक तहका शिक्षक पनि रहेछन्।

देश बाहिर रहे पनि उनी नियमित रूपमा परिवारका सदस्यहरूसँग सम्पर्कमा रहने र कतै केही शंकास्पद व्यवहार भए भन्ने गर्दिरहिछन्। नयाँ ठाँउमा जाँदा समस्या नपरोस् भनेर पनि यस्तो गरिन्छ।

उनी पनि परिवारका सदस्यहरूसँग नियमित सम्पर्कमा थिइन्। अगस्ट ६ तारिख बेलुकासम्म परिवारको सम्पर्कमा रहेकी उनी त्यो दिन बेलुकाबाट एकाएक सम्पर्कहिन भइन्।

परिवारका सदस्य कतै गइन् होला भनेर बसे। तर, लामै समय सम्पर्क नभएपछि उनीहरूले उतै अमेरिकामा नेपालमा गएको आफ्नो परिवारको सदस्य सम्पर्कविहीन भएको खबर गरे। अमेरिकामा प्रहरीले रिपोर्ट पाएपछि नेपालमा रहेको अमेरिकी दूतावासमा खबर गरे।

दूतावासले प्रहरी प्रधान कार्यालयलाई जानकारी दियो। अमेरिकी नागरिक हराउनु अति संवेदनशील घटना भएकाले प्रहरी प्रधान कार्यालयले सीआईबीमा पठायो।

सीआईबीमा जानकारी आउँदा २० दिन जति भइसकेको थियो युवती हराएको। युवतीबारे जे जति जानकारी आएको हो, त्योबारे स्थानीय प्रहरीलाई जानकारी गरायौँ। अनि थप सूचनाहरू संकलन गर्न थाल्यौँ।

प्रारम्भमै उनी भूकम्प पीडितलाई सघाउन नेपाल आएको, गोरखा गएर काम गरेको अनि पोखरामा आएपछि सम्पर्कविहीन भएको खुल्यो। उनी होटलमा नबसी स्थानीयको घरमा बसेको अनि त्यही घरबाट सम्पर्कविहीन भएको सम्म सूचना आयो।

आफ्नो नागरिक कतै हराएपछि अमेरिकीहरू निकै संवेदनशील हुन्छन्। उनीहरू पीडितप्रति निकै जिम्मेवार हुन्छन्। जो हराएको हो, उसका परिवारलाई मेरो देशले खोज्न सक्दो प्रयास गरेको हो भन्ने सन्देश दिन चुक्दैनन्।

अमेरिकी दूतावासले यो घटनाको अनुसन्धानमा सघाउन खोजिरहेको थियो। सबैभन्दा पहिला त हामी नै के भएको हो भन्नेमा पुग्नुपर्योघ अनि मात्र आवश्यक पर्यो  भने सहयोग लिने हो।

सीआईबीमा प्रहरी निरीक्षक भिष्म हुँमागाई थिए। अहिले त उनी प्रहरी संगठन छाडेर अमेरिका गइसके। उनको नेतृत्वमा अनुसन्धान टोली पोखरा पठाएँ। अनुसन्धानमा आवश्यक परे सघाउन भनेर भारतमा रहेको अमेरिकाको एफबीआईको दुई जना पनि आए।

उनीहरूले अनुसन्धान गर्ने हैन। अवलोकन गर्ने अनि केही सहयोग चाहियो भने सहयोग गर्ने हो। पोखरा पुगेर स्थानीय प्रहरीसँगको समन्वयमा अनुसन्धान गर्दा जताबाट पनि उही नारायण अनि उनको घर नै जोडिएपछि उनलाई नियन्त्रणमा लियो प्रहरीले।

हराएको युवतीले आइफोन बोक्ने गरेकी रहिछिन्। उनीसँगै आइफोन पनि गायब थियो। आइफोनको विशेषता के रहेछ भने कोही बेपत्ता भएको अवस्थामा लोकेशन खोज्न सकिने रहेछ। एफबीआईको टिमले ती युवतीको आइफोनको लोकेसन माग्यो कम्पनीसँग। लोकेसन सेतीको खोँच देखियो।

सबैभन्दा धेरै शंकामा उनै नारायण थिए। उनको घरको कोठा, जहाँ युवती बस्थिन् त्यहाँ केही प्रमाण फेला परेन। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा हत्या गरेर सेतीको खोँचमा फालेको बताए।

अनुसन्धान गर्ने सबै अचम्ममा पर्ने नै भए। सोधपुछ गर्दै जाँदा इन्टरनेटमा भेट भएको, उनी नेपाल आउन चाहेपछि आफू सहयोगका लागि तयार भएको, गोरखा जान सहयोग गरेको र गोर्खाबाट फर्किएर आफ्नै घरको कोठामा बसेको स्वीकारे।

घटनाको रात नारायण अमेरिकी युवतीको कोठामा बसेर गफ गरेका रहेछन्। उनले कोठामा जबरजस्ती यौन सम्बन्ध राख्न खोजेका रहेछन्। तर, युवतीले मानिनन्। कोठामा जबरजस्ती गर्ने क्रममा युवतीको टाउको भित्तामा ठोकिँदा उनको मृत्यु भयो। अनि तन्नाले बेरेर, मोटरसाइकलमा राखेर सेतीको खोँचमा लगेर फालेछन्।

उनले बताए अनुसार सेतीको खोँचमा शवको खोजी भयो। ५०-६० जना प्रहरी लागेर खोज्दा पनि फेला परेन। जहाँ शव फालिएको थियो त्यो निकै अप्ठ्यारो खोँच थियो। शव भेटिएन।

हाम्रोमा त शवै नभेटी अथवा मारेको हो भन्ने प्रमाण नभेटी मरेको भन्ने गरिन्छ नि! तर विदेशी, अझ विशेष अमेरिकीको हकमा यस्तो हुन्न। उनीहरूलाई हत्या भएको हो भन्ने विश्वासयोग्य प्रमाण चाहिन्छ नै।

कोठामा नेपाल प्रहरीसँग भएको प्रविधिको आधारमा केही प्रमाण फेला पर्छ कि भनेर खोज्दा केही भेटिएन। अनुसन्धान टिमसँगै रहेको एफबीआईको टिमले ‘हामीसँग फरेन्सिक टिम छ, उनीहरूले आँखाले नदेख्ने प्रमाणहरू पनि खोज्न सक्छन्। बोलाउँ’ भनेर सोधे। हामीले ‘हुन्छ’ भन्यौँ।

दुई जना फरेन्सिक सदस्य आए। उनीहरू पोखराको कोठामा गएर प्रमाण संकलनको काम गर्न थाले। उनीहरूसँग भएको स्प्रे कोठाको विभिन्न स्थानमा छर्केका थिए।

टाउको ठोक्किएको भनिएको भित्ता, दराज, ढोका अनि कपडा लगायतमा स्प्रे गरेर उनीहरूले पर्याप्त प्रमाण संकलन गरे, जसले उनीहरू आफ्नो नागरिकको हत्या भएको निष्कर्षमा पुगे।

नारायणले भने पैसा अनि आइफोनको लोभमा हत्या गरेको दाबी नगरेका हैनन्। तर, हत्याको कारण यौन आकांक्षा नै देखियो। उनले यौन सम्बन्ध राख्न खोजे, युवतीले मानिनन्। दोहोर झडप हुँदा मारिइन्।

उनीमाथि हत्या अभियोगमा कास्की प्रहरीले नै अनुसन्धान गरिरहेको थियो। एक दिन अनुसन्धानको क्रममा प्रहरीले छतमा लगेछ। उनी त छतबाटै हामफाले। धन्न उनको खुट्टामात्र भाँचियो।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

१- गोपालजिजंग शाहको प्रश्नले पुर्यायो प्रहरीमा

- ..अनि भाग्ने योजना बनाएँ

३- दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

४- बराल सरको संगतले अनुसन्धानको सीप सिकें

५- क्या विश्वास थियो प्रहरीको !

६- चिच्याउँदै प्रहरीहरू हाँडीगाउँतिर भाग्न थाले

७- उनको त्यो तस्बिर

८- पहिलो बढुवामै छुटेपछि मेरो दृष्टिकोणै बदलियो

९- सुन लिएर हवल्दार भागेपछि…

११- आफ्नै स्टाफले मेरो जासुसी गरे

१२- खरेलले भने- सर तपाईं त अर्कै खालको हुनुहुँदोरहेछ

१३- एक वर्षका लागि गएको १३ वर्ष पो बसें

१४- विजयकुमार गच्छदारले डिआइजीमा बढुवा गर्नै मानेनन्

१५- डन पत्रिकामा आएको समाचारले हेरोइनको अन्तर,्राष्ट्रिय सञ्जालसम्म पुर्यायो

१६- विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

१७- एभरेस्ट होटेलको गाडिमा २ सय ५० किलो चरेस ओसारियो

१८- साथीको हराएकी श्रीमती खोज्दै गडगडे पुग्दा चरेस तस्कर भेटिइन्

१९- चरेस, सुन र डलर तस्करीको जालो

२०- दरबारमा एडिसीले नै चरेस लगेर युवराज दीपेन्द्रलाई दिन्थे

२१- चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

२२- व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना 

२३- जापानको आपराधिक समूह याकुजाका तीनजना कार्यालयमै भेट्न आए

२४- नेपालमा गाँजा खुला गराउने राजनीतिक फन्डा मात्र हो, सम्भव छैन

२५- कांग्रेस सांसदको सुटकेसमा ३० किलो चरेस

२६- 'रामशरण महत' हेरोइन सहित अष्ट्रेलियामा समातिँदा..

२७- प्रहरीलाई चरेस ग्याँङमा पठाउँदा झन्डै ज्यान गएन

२८- जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

२९- जर्मन अदालतको त्यो बहस जसले पानी-पानी बनायो

३०- चरेस बोकेको छ भन्ने जान्दाजान्दै पनि धेरैलाई छाडियो

३१- अदालतले हेरोइन तस्कर रविन्सनलाई छाडेपछिको हंगामा

३२- ड्राइभरले सर्वोच्चको न्यायाधीशसँग सेटिङ मिलाएर कुख्यात तस्कर रविन्सन छुटाए

३३- अष्ट्रेलियाका रविन्सन भनेको त न्युजिल्याण्डका हेरोइन तस्कर स्टेभन पो रहेछन्

३४- ६ सय ६९ किलो चरेस क्यानडा पठाउन खोज्ने कुख्यात तस्कर सर्वोच्चबाट छुटेपछि

३५- कुख्यात चरेस कारोबारीलाई छाड्ने न्यायाधीश नै नेपालको पहिलो उपराष्ट्रपति बनेपछि

३६- व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना

३७- जब डेनमार्कको टोली नै नेपाल आयो

३८- हजार बढी हेरोइन कारोबारी फन्दामा परेको अप्रेसन पेजर

३९- हेरोइनको कुख्यात तस्कर कपिलदेवले भने, 'ल म नेपाल आउँला'

४०- प्रहरी जवान नै लिएर गायब भए हेरोइन तस्कर असलम

४१- आँखै अगाडि तालिबानले गरेको त्यो सुसाइड आक्रमण

४२- काबुल एयरपोर्टमा टाँसिएको नेपाली महिलाको तस्बिरको रहस्य

४३- हेरोइन तस्करीमा जोडिएका पन्जाबी दाजुभाइले चित खुवाए

४४- पिछा गर्दागर्दै थापाथली चोकमा जर्मन तस्कर गायब

४५- तस्कर पछ्याउँदा प्रहरी टोलीले गरेको 'सिल्ली मिस्टेक'

४६- मिर्जा दिलसाद बेगको पोल खोल्दै बेलायतबाट आएको त्यो पत्र

४७- चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर, मैले भएर पनि दिइनँ

४८- त्यसपछि अपराधीले मोबाइल बोक्नै छाडे

४९- विवाह गर्दै नेपाली महिला जापान लैजाने त्यो जापानिज

५०- सामान्य सूचना पछ्याउँदा विश्वको शक्तिशाली आपराधिक समूहका सदस्य फेला परे

५१- धन्न पेटमा हेरोइन लिक भएन, नत्र ठहरै हुन्थ्यो

५२- जापानमा एकाएक पत्रकारले घेरेपछि

५३- काठमाडौँमा समातिएका अपराधी रातारात भारत कसरी पुग्छन् ?

५४- कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल

५५- प्रहरी हुँदैमा अपराध अनुसन्धान गर्न आउने भए गायन तालिम लिएका सबै लता मंगेशकर हुन्थे

५६- अन्तराष्ट्रिय तस्कर भागेपछि पाएको त्यो हन्डर

५७- तस्करको दराजमा सांसदहरूको रातो पासपोर्टको चाङ

५८- ताहाचलमा भेटियो तान्त्रिकको भेषमा अमेरिकी तस्कर

५९- प्रहरीले जाहेरी कुरेर बस्दा तमासा बन्यो पल शाह प्रकरण

६०- डेरा होला भनेको त चरेसको कारखानै रैछ

६१- बाफ रे, कोट भित्रको कपासमा एक किलो सेतो हेरोइन !

६२- फोनमा छोटा राजनले भन्यो- कुछ चिन्ता नही, सबकुछ होगा

६३- सिरियल किडन्यापर अमर टण्डनसँग दीपक मनाङेका केही गुण मिल्छन्

६४- अपराध अनुसन्धानका सबै प्रक्रिया सार्वजनिक गर्नैपर्छ र !

६५- आइजिपी बनाउने अधिकार प्रधानमन्त्री र गृहमन्त्रीको हातबाट फुत्केर शक्तिकेन्द्रमा पुगिसक्यो

६६- नेताले कुनै प्रहरी मेरो दलको हो नि भनेर च्याप्नु मूर्ख बन्नु मात्र हो

६७- सत्य हो, प्रहरीले चाहे निर्वाचनमा जित्ने उम्मेदवार हार्छन्, हार्ने जित्छन्

६८- गृहमन्त्रीहरूको भविष्य किन चौपट हुन्छ !

६९- आफ्नालाई नियुक्त गर्न एआइजी सिंहलाई बर्खास्त गरियो, परिणाम सुडान काण्डमा देखियो

७०- तीन आइजिपी लहरै जेल जाँदा गृहमन्त्रीहरू हाँस्दै रमिता हेरिरहेका थिए

७१- सुडान प्रहरीले हैन नेताले रचेको कान्ड थियो, तर, प्रहरी मात्रै फसे

७२- सुजाताको ज्वाईलाई सुडान कान्डको बयानमा बोलाउने कसको हिम्मत!

७३- नेपालमा दाउद- छोटा राजनझैँ ग्याङवार दोहोरिने त हैन !

७४- व्यापारी अपहरणका योजनाकार गृहमन्त्रीको क्वाटरमा !

७५- अमेरिकी गुप्तचरले नेपालबाटै भारतीय गुप्तचरलाई भगायो

७६- हाम्रो ब्याच सुपरहिट हुन्छ भन्थे तर, ..!

७७- मेसिनले विमानस्थलकै हाकिमले सुन लुकाएको देखाएपछि…

७८- प्रहरी संगठनमा आपराधिक सूचना हैन त्यस भित्र 'अर्थशास्त्र' खोज्नेहरू बलिया हुँदै गए

७९- अमेरिकी ज्वाइँलाई  चरेस खोज्न ठमेलभरि घुमाउँदा...

८०- नक्कली अपराधी बनेका प्रहरी जब सक्कलीझैँ जेल पर्न थाले

८१- चरेस किन्न जाँदा अपराध महाशाखाको टोलीले पक्राउ गरेर लग्यो

८२- कार्गो र कुरियर भनेका लागुऔषध कारोबारी नै हुन् त?

८३- चरेस बेच्न आउनलाई टिमले यसरी गफमा भुलाए कि चिन्दै चिनेन

८४- जब निलो प्लेटको गाडी अन्तर,्राष्ट्रिय कुख्यात तस्करको घरमा छिर्यो

८५- एनजिओको प्रतिनिधि बनेर मकवानपुरको गाँजा गाउँमा पुग्दा

८६- जब बारा-पर्सामा कांग्रेस गाँजा भित्रियो

८७- प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयले लागु औषध कार्यालय छाड्नै पर्ने बनायो

८८- एसएसपीलाई उनकै बडीगार्डले हत्या गर्न गोली हानेपछि..

८९- युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

९०- युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

९२- भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

९३- छोटा राजनले फोनमा भन्यो' वो मेरा बच्चा है, ख्याल रखना'

९४- युनुस घटनामा भारतीय सुरक्षा संगठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्यो'

९५- दूतावासका कर्मचारीलाई गोली हानेपछि पाकिस्तानी अधिकारीले रिसाउँदै भने 'भिड्ने भए बैंकक आउँ'

९६- मारवाडीदेखि भिक्षुसम्मलाई गोली हान्दै लुट्दै गरेर निर्दयी अपराधी समूहले हैरान बनाए

९७- सन्की बेरोजगार समूहको हातमा पेस्तोल पर्दा...

९८- पाँच जनाको हत्यामा संलग्न क्रूर सुटरले सजाय हैन राष्ट्रपतिबाट माफी पो पाए

९९- गृहमन्त्री गच्छदारले नै 'डिआइजीमा बढुवा हुन हेमन्तले ५० लाख घुस दिन आयो' भनेर हल्ला चलाए

१००- जसको आमा मारिइन् उनैको पैसाले अनुसन्धान गर्नुपर्दा बिजोगै भयो

१०१- ब्याच नम्बर ६९ : लाख कमाएर करोडौँको फुइँदिँदा अपहरणमा परेर झन्डै ज्यान गएन

१०२- ब्याच नम्बर ६९ : पाँचौँ दिनमा अनुसन्धान सफल होला भनेको त सिमपानीको जङ्गलमा शव फेला पर्यो, मनै खङ्ग्रङ्ङ भयो

१०३-प्रेममा शंका भएपछि विवेकले कामै गरेन, बेलायतबाट नेपाल आएर प्रेमिकालाई जंगलमा लगेर मारे

१०४- ड्याङ गोली चल्यो अनि रोजी पुर्लुक्क ढलिन्, न प्रेमीको बदला पुरा भयो न प्रेमिकाको ज्यानै रह्यो

१०५- भ्रष्ट र उद्दण्ड समाजले जन्माउने नेता रविजस्तै त हो नि

१०६-सुन र अफिमको कुरै छाडौँ, अब त अमेरिकाबाट नेपालमा गाँजा पो आउन थाल्यो !

१०७- ४० लाखमा तीन सय वर्ष पुरानो आकाश भैरवको मूर्ति किन्दा

१०८- युवतीले एक दिनका लागि भए पनि विवाह गरौँ भनेपछि…

१०९-ब्याच नम्बर ६९ : प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि!’ भन्दै थर्काएपछि...

११०-ब्याच नम्बर ६९ः शरणार्थी प्रकरणमा पैसा लिने नेता जोगिने, उठाउने बिचौलिया जेल जाने हुनसक्छ

१११-नेपालका केही प्रभावशाली नेता 'हनी'सँगै 'मनी' ट्रयापमा परेका देखिन्छन्

११२-प्रहरी संगठनभित्र यौनकान्ड भएका छन् तर, सजायतिर भन्दा मेलमिलापतिर लाग्छन्

११३- बाहिर अपराधीलाई कुनै हालतमा नछाड्नू भन्ने गृहमन्त्री आफ्ना मान्छे समातिएपछि थर्काउँथे

११४- प्रहरीका हाकिमले अर्काको हिराको औँठी ‘मेरै हो’ भनेर लिएर हिँडिदिए

११५- थुनुवाले उल्टो प्रहरीको सुरक्षा गर्नुपर्ने भएपछि...

११६- उच्च सरकारी कर्मचारीले तन्त्रको वाण हानेर प्रतिस्पर्धी मार्न भारतबाट बाबा ल्याए

११७- माओवादीका ट्रेड युनियनका नेता अपहरणमा परे भनेर खोजियो, तर, पैसा कमाइएन भनेर नाटक पो गरेका रहेछन्

११८-न्यायाधीश रणबहादुरको हत्यामा शंका लागेकालाई कुरा गर्न कार्यालय बोलाएको, थर्काएर गयो

११९-आफ्नै आँखा अगाडि साथीलाई धडाधड गोली लाग्दा कसको मनस्थितिले काम गर्छ र!

१२०-विदेशीले अदालतलाई तर्साउन न्यायाधीश बम मारेको हल्ला चलेपछि सरकारै डरायो

१२१-न्यायाधीश रणबहादुरलाई किन मारेको भनेर जति सोधे पनि चुइँक्कै बोल्दैनन् त!

१२२-न्यायाधीश रणबहादुर हत्याबारे आएका गलत सूचनाले हैरान बनायो

१२३-जनकपुरमा चोरी आरोपमा समातिएका दुई जनाले फ्याट्टै भने' हामीलाई न्यायाधीश कसले मारेको थाहा छ'

१२४-रणबहादुर हत्या योजनाकार बाबुले पहिलो भेटमा त धम्क्यायो, दोस्रो भेटमा के गर्ला!

१२५- घुस लिएर आदेशदिएको भन्दै बाबु थापाले भने- ‘अब न्यायाधीश मार्नुपर्छ’

१२६-न्यायाधीश मार्ने पेस्तोल ललितपुर प्रहरीमा थन्किएर बस्या रैछ, सीआईबी प्रमाण खोज्याखोज्यै

१२७-साउदीबाट सुटर नेपाल ल्याउन खोज्दा युएइका सुरक्षाकर्मीले ल्याए पक्राउ गर्छौ भनेर पो धम्क्याए

१२८-युएइले सुटर ल्याउन समय मागेपछि साउदी हुँदै सिधै दिल्ली ल्याइयो, यता जन्मकैद पनि भयो

१२९- स्वास्थ्यमन्त्रीको कम्प्युटरबाट एकपछि अर्को गोप्य सरकारी डकुमेन्ट चोरी भएपछि...

१३०-बैंककमा तीन नेपाली विद्यार्थी अपहरणमा परेपछि…

१३१-मध्यरात गम्भीर अपराधमा संलग्नको मोबाइल डिटेल चाहियो भने अदालत कहिले खुल्छ भनेर कुरेर बस्ने सिस्टम ठिक हो त!

१३२-कुल्लुमनालीबाट ‘१० हजार करोड भारु’ पर्ने मूर्ति चोरेर नेपाल आएपछि...

१३३-भुटानीले खाजा खर्च भनेर गाडीमै एक लाख छाडेर गएपछि आपत्

१३४-सिक्किमका मुख्यमन्त्री नरबहादुरले काठमाडौँदेखि नै प्रहरीलाई पैसा बाँड्दै हिँडेछन्

१३५-कानुन छैन भनेर विदेशी खुँखार अपराधी नसमात्ने हो भने नेपाल विश्वका अपराधीको सुरक्षित थलो बन्छ, हामीले थेग्नै सक्दैनौँ

१३६-नेपालीले जहाँ-जस्तो अपराध गरे पनि नेपाल आए माफी! यस्तो कानुन पनि हुन्छ?

१३७-नेपालका आठ व्यापारिक घरानाका सदस्यलाई मुम्बइका डन छोटा राजनले फोन गरेपछि...

१३८-भारतीय कुख्यात अपराधी पप्पुको सहयोगी समात्दा पत्रकार र मानव अधिकारवादीको कार्ड पो देखाए

१३९-टोखा नजिकै भेटिएका भाडाका आमाहरू पच्छ्याउँदा ग्राण्डी अस्पताललाई कोखको व्यापार केन्द्र देखायो

१४०-कोखको व्यापारमा ज्योति समूह देखिएपछि गृह प्रशासन डरायो, धन्न प्रधानन्यायाधीश सुशीला कार्कीले साहस गरिन्

१४१- ब्याच नम्बर ६९ : सई सूर्यको अनौठो बानीले असम्भव कुख्यात गैँडा सिकारी समात्न सम्भव भयो

२८ बैशाख, २०८१, १४:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।