काठमाडौँ : मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा ९१ करोड ९८ लाख अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र, आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमति पत्र व्यवस्थापन शाखाका उप…

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले हरेक आर्थिक वर्ष बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा बिहीबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भन्दै मन्त्रीहरूलाई प्रश्न गरेका थिए। उनले चालु आर्थिक वर्षको पहिलो ६ महिना सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु चिन्ताको विषय भएको बताउँदै पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिएकाले यस…

काठमाडौँ : यो साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ४.७८ अङ्कले बढेर २०३५.६४ को बिन्दुमा बन्द भयो। यो साता सोमबार र बुधवार दोहोरो अङ्कले घटेको बजार मङ्गलवार र बिहीबार नेप्से बढेर बन्द भयो। नेप्सेमा सामान्य सुधार भयो। तर "क" वर्गका कम्पनीलाई मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३६ अङ्कले घटेर ३५९.०९ को बिन्दुमा बन्द भयो। १३ मध्ये ५ वटा समूह घटेका छन् बाँकी समूहका सूचक सकारात्मक रहेका छन्। बिहीबार बैङ्किङ, होटेल तथा पर्यटन,लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसूचक घटेको छ। अन्य सबै उपसूचकहरू बढ्यो। बिहीबार निर्…

काठमाडौं : पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए। उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए। उपत्यकामा १७ हजार ३ सय ९७ अर्थात् कूल अपराधको २९ .४५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १ हजार ९६५ वटा अपराधका घटना भएका छन्। उप…

काठमाडौं : आगामी टी-२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ। भारत जाने नेपाली राष्ट्रिय टोलीलाई क्यानले शुभकामना सहित आज विदाई गरेको छ। उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ। नेपाली टोलीलाई भारतमा हुने त्रिकोणात्मक श्रृङ्खलाले थप अनुभव बटुल्ने मौका प्रदान गर्नेछ। नेपाल क्रिकेट संघ क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले क्रिकेट टोलीलाई शुभकामना दिँदै रोकिएका पुरस्क…

नागरिक उड्डयनका महानिर्देशक प्रदीप र उमा कम्पनीको शंकास्पद कारोबार, एकै कम्पनीलाई २ अर्ब ४७ करोडको २८ ठेक्का

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई अर्ब ४७ करोडको २८ वटा कामको ठेक्का दिएको उमा एन्ड कम्पनीसँग महानिर्देशक प्रदीप अधिकारीको शंकास्पद आर्थिक कारोबार…