नयाँ एनसेल सेन्टर विरगञ्जमा

नयाँ एनसेल सेन्टर विरगञ्जमा

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले विरगञ्जमास्थित घन्टाघरमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ। 

बिहीबार एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरे। 

यो सेन्टरबाट एनसेलका ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने बताइएको छ। नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन्। 

 ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारू गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।  

'सधैं हामीले गर्ने सबै कार्यहरूमा हाम्रा ग्राहकहरूलाई केन्द्र राख्छौँ र ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत रही उच्च ग्राहक अनुभव प्रदान गर्दै हाम्रा ग्राहकहरूलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं,' रोड्रिगेजले भने, 'वीरगन्जमा यो नयाँ एनसेल सेन्टरको उद्घाटन तथा संचालनले हाम्रा ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।'

नयाँ सेन्टरको उद्घाटनको अवसरमा उक्त सेन्टरबाट १०० रूपैयाँ र यो भन्दा बढि ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनि गरिएको थियो। 

उक्त सेन्टरले आइतबार देखि शुक्रबार हप्ताको ६ दिन ग्राहकहरूलाई सेवा प्रदान गर्ने बताइएको छ। 

२७ बैशाख, २०८१, १९:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।