तोलामा २३ सयले बढ्यो सुनको मूल्य

तोलामा २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार सुन तोलामा २३ सय रुपैयाँले बढ्दा चाँदी ५० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको तोलाको १ लाख ३७ हजार २५० रुपैयाँ पुग्दा चाँदी तोलाको १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२८ बैशाख, २०८१, ११:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।