इन्ड्राइभको ‘योरपेस किप फिट सर्किट नेपाल’ रनिङ कार्यक्रम घोषणा, दर्ता खुला

इन्ड्राइभको ‘योरपेस किप फिट सर्किट नेपाल’ रनिङ कार्यक्रम घोषणा, दर्ता खुला

काठमाडौं : इन्ड्राइभको ‘योरपेस किप फिट सर्किट नेपाल’ सुरू भएको छ। यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो। 

वैशाख २० गतेदेखि असोज ९ गतेसम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन भएको बताइएको छ। 


कार्यक्रमले काठमाडौंका दशरथ रंगशाला, स्वयम्भू, पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ। यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ।

‘योरपेस किप फिट सर्किट नेपाल’ तालिम सबैका लागि पहुँचयोग्य बनाउन इन्ड्राइभ प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन्।

प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६ औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन्। 

इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले भनिन्, ‘हामी गत वर्षदेखि यो सहकार्य जारी राख्न पाउँदा र यो असाधारण कार्यक्रम पुनः प्रस्ताव गर्न पाउँदा खुसी छौं। हाम्रो लक्ष्य मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु र त्यसको लागि सशक्त बनाउँदै समान सोच भएका उत्साही मानिसहरूको समुदाय निर्माण गर्नु हो।’

योरपेस किप फिट सर्किट नेपालको लागि दर्ता खुला भएको कम्पनीले जनाएको छ।  

२७ बैशाख, २०८१, २०:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।