फुडमान्डुको सेवा चितवनमा पनि

फुडमान्डुको सेवा चितवनमा पनि

काठमाडौं : फुडमान्डुले चितवनमा आफ्नो सेवा विस्तार गरेको छ। फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो। 

शनिबारदेखि चितवनवासीले अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ। 

कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, 'फुडमान्डु चितवनमा विस्तार भएसँगै चितवनमा रहेका रेस्टुरेन्टका खानेकुराहरू घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौँ।' 

त्यस्तै, कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजना रहेको बताए। 
 
स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरूसँग सहकार्य गरेको र भविष्यमा अन्य सेवाहरु पनि विस्तार गर्दै जाने  कम्पनीले जनाएको छ।

१५ बैशाख, २०८१, २१:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।