काठमाडौंबाट पोखरा गएकी महिलालाई बियर खुवाएर बसमा पालैपालो बलात्कार, ३ जना रंगेहात पक्राउ

काठमाडौंबाट पोखरा गएकी महिलालाई बियर खुवाएर बसमा पालैपालो बलात्कार, ३ जना रंगेहात पक्राउ

काठमाडौं : पोखरामा सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। कास्की प्रहरीले बियर खुवाएर एक महिलामाथि सामूहिक बलात्कार उनीहरूलाई पक्राउ गरेको हो। 

पोखराको अमरसिंहचौरमा कास्कीको मादीका ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। 

काठमाडौंबाट पोखरा आएकी ती महिलालाई मादी गाउँपालिका वडा नम्बर-९ घर भई पोखरा-१० बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी गाउँपालिका-१२ का २९ वर्षीय विनोद परियार र मादी गाउँपालिका-१२ का ३८ वर्षीय कृष्ण रानाभाटले सामूहिक बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ।

उनीहरुले ती महिलालाई सुरुमा पोखरा अमरसिंहचौरमा रोकि राखेको ग १ ख ६५९५ नम्बरको बसमा लगेर ललाइफकाइ बियर खुवाएको प्रहरीको भनाई छ। त्यसपछि पालैपालो करणी गरेको प्रहरीले बताएको छ।

उनीहरुलाई बिहान ४ बजेको समयमा बलात्कार गरिरहेको अवस्थामा प्रहरीको (कन्ट्रोल रुम भेहिकल) सिआरभी टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए। 

‘बसमा शंका लागेर खानतलासी गरेका रहेछन् प्रहरी साथीहरूले’, डीएसपी शर्माले भने, ‘बसभित्र हेर्दा महिलालाई नाङ्गै देखेपछि केरकार गर्दा सामूहिक बलात्कार भन्ने खुल्यो।’

उनका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराई सामूहिक जबर्जस्ती करणी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। 

२७ बैशाख, २०८१, २१:३७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।