एटिएसको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

एटिएसको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

काठमाडौं :पशुपति सेरामिक्स् प्रालिले आफ्नो उत्पादन एटिएस टाइल्स्को परीक्षण बिक्री वितरणको सुरुवात गरेको छ।

सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्य सम्पूर्ण पूर्वतयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरूलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो। 

कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००/४०० मिमिको पार्किङ्ग टाइल र ६००/६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको छ भने भविष्यमा क्रमश ३००/४५० को वाल टाइल र ६००/ १२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने कम्पनीले जनाएको छ। कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार बर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको बताइएको छ। 
 
'अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्री वितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं' कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने, 'यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ।'

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ। 

टाइल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ।  

२८ बैशाख, २०८१, २१:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।