हिमालयन रीइन्स्योरेन्सलाई नयाँ व्यवसाय गर्न रोक

हिमालयन रीइन्स्योरेन्सलाई नयाँ व्यवसाय गर्न रोक

काठमाडौं : नेपाल बीमा प्राधिकरणले हिमालयन रीइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। 

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ (१) मा रहेको प्रावधान बमोजिम सो कम्पनीलाई नयाँ व्यवसायमा रोक लगाएको हो।  

प्राधिकरणको वैशाख २९ गतेको निर्णयअनुसार हिमालयन रीइन्स्योरेन्सले अब आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुनै पनि नयाँ व्यवसाय लिन पाउने छैन। 

कम्पनिले यसअघि नै भइसकेका पुनर्बीमा व्यवसायहरूको दावी भुक्तानी र रेट्रोसेसन गर्ने कार्यलाई भने निरन्तरता दिन पाउनेछ।  

वैशाख ३१, २०८३ बिहीबार १२:२५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।