सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं : बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो।
गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
वैशाख ३१, २०८३ बिहीबार ११:१८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।