टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले बनाए १ हजार रन
काठमाडौं : नेपाली ब्याट्सम्यान कुशल मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन्।
शलले ५९ औं खेलमा पुग्दा करियरका एक हजार रन पूरा गरेका हुन्। यससँगै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुर्याउने पाँचौं नेपाली खेलाडी बनेका छन्। मल्लले आजको खेलमा भने ८ बलमा ७ रन बनाएर आउट भइसकेका छन्।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ।
असोज २९, २०८२ बुधबार २१:५६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।