ट्रान्सप्लान्ट एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण र रजत
काठमाडौं : थाइल्यान्डको बैंककमा सम्पन्न ‘दोस्रो पेटाङ्क ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप-२०२६’मा नेपालका हरिनारायण शर्माले एक स्वर्ण र एक रजत पदक जितेका छन्।
बागलुङको जैमिनीका शर्माले पुरुष सिंगल्समा स्वर्ण र मिक्स डबल्समा रजत पदक हात पारेका हुन्। सन् २००७ मा मिर्गौला प्रत्यारोपण गराएका शर्मा नेपाल प्रत्यारोपण खेलकुद संघका महासचिव हुन्।
मिर्गौला प्रत्यारोपणपछि पनि खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय शर्माले अंगदान र प्रत्यारोपणसम्बन्धी जनचेतना फैलाउन महत्त्वपूर्ण योगदान दिँदै आएका छन्। नौ देशका ८५ खेलाडी सहभागी उक्त प्रतियोगितामा प्राप्त सफलताले अंगदानको महत्वबारे सकारात्मक सन्देश दिएको शर्माले बताए।
जेठ १, २०८३ शुक्रबार १८:५१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।