अचार उद्योगका लागि पूर्व सांसद शान्ता चौधरीले दुई करोड पाइनन्

काठमाडौँ : कमलरी हुँदै सांसद समेत भएकी शान्ता चौधरी अहिले अचार उद्योगमा संलग्न छिन्। उनले आफ्नै ब्रान्ड बनाएर अचारको व्यापार गरिरहेकी छिन्। नेपालमा लगानीको खोजीमा रहेकाहरू लक्षित गरेर सुरु भएको सार्क ट्याङक नेपालमा उनै शान्ता ३० प्रतिशत सेयरको प्रस्तावसहित २ करोडको प्रस्ताव लिएर गएकी थिइन्।
चौधरीले जसरी संघर्ष गरेर काम गरिरहेकी छिन् त्यसको सबै सार्क (लगानीकर्ता) हरूले प्रशंसा गरे। तर कुनै पनि सार्कले लगानी गर्न इच्छुक भएनन्। कुनैले आफ्नो पहिल्यै अचार भएको भन्दै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने भन्दै पन्छिए। केहीले भने खाना सम्बन्धी व्यापारको आइडिया नभएको भन्दै पन्छिए। उनले कसैबाट पनि खोजे जस्तो लगानी पाइनन्।
असार २१, २०८२ शनिबार २३:५५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।