सेनाको लडाकु विमानबाट झुक्किएर बम खस्दा दक्षिण कोरियामा सात जना घाइते, चार जनाको अवस्था गम्भीर

एजेन्सी : दक्षिण कोरियाली वायुसेनाको एउटा सैन्य लडाकु विमानले अभ्यासका क्रममा आठ वटा बम खसाल्दा सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
दक्षिण कोरियाली वायुसेनाको केएफ-१६ विमानले स्थानीय समय अनुसार विहान १० बजेर ४ मिनेटमा उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन शहरमा आठ वटा बम खसालेको थियो।
दक्षिण कोरियाली सरकारले यसलाई झुक्किएर भएको घटनाक्रम भनेको छ। लडाकु विमानले खसालेको आठमध्ये एउटा मात्र बम विस्फोट भएको छ।
पोचियोनका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पार्न काम गरिरहेको छ।
ती अधिकारीले आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा दुई जनाको घाँटी र काँधमा चोट लागेको छ।
फागुन २२, २०८१ बिहीबार १३:०८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।