प्रहरीले रविलाई ९ दिन हिरासतमा राख्न अनुमति माग्यो, अदालतले ५ दिनको म्याद थप्यो

प्रहरीले रविलाई ९ दिन हिरासतमा राख्न अनुमति माग्यो, अदालतले ५ दिनको म्याद थप्यो

काठमाडौं : जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप पाँच दिन म्याद थप गरेको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आज अदालत उपस्थित गराइएको थियो।

त्यसअघि प्रहरीले भने रविलाई अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो।

रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो। 

मंसिर २७, २०८१ बिहीबार १५:०३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।