सहकारी छानबिन संसदीय समिति नबने अब संसद चल्न सक्दैन : कांग्रेस महामन्त्री थापा

सहकारी छानबिन संसदीय समिति नबने अब संसद चल्न सक्दैन : कांग्रेस महामन्त्री थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने लगायतका कुनै पनि संसदीय गतिविधि अगाडि बढ्न नदिने बताए।

उनले पत्रकार सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्रीको रूपमा रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे छानबिन समिति गठन गर्न माग गरिएको भन्दै उनले भने'संसद ठिक रूपमा चलोस् भन्ने हाम्रो इच्छा छ। भोली ११ बजे संसद्को कार्यसूची छ। भोली संसद चलाउने हो भने सहकारी छानबिन समिति गठनको कार्यादेश बोकेर आउनुहोला।'

उनले संसदीय समितिले गोर्खा मिडिया, सुर्यदर्शन सहकारीको फाइल खोल्ने भन्दै कसैको गल्ती देखिए राजनीति छाड्ने नभई सजाय भोग्ने रहेको बताए। यदी समिती नबने प्रधानमन्त्रीले विश्वासको मत लिने लगायतका संसदीय कार्यसूचीहरु अवरुद्ध हुने चेतावनी समेत दिए।

जेठ ६, २०८१ आइतबार २०:१९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।