रविलाई गगनको उत्तर 'छानबिन गरौँ भनेर धम्क्याउने हैन, फाइल खोलीहाल्ने हो'

रविलाई गगनको उत्तर 'छानबिन गरौँ भनेर धम्क्याउने हैन, फाइल खोलीहाल्ने हो'

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई जे जस्ता विषयमा जानकारी छ सोबारे छानबिन समिति गठन गर्न सुझाव दिएका छन्। उनले रवि नेपालमा रहँदा वा नरहँदा जे जति विषय जानकारीमा छन् ती विषयमा छानबिन गर्न सुझाव दिए।

रविले संसद्मा सम्बोधन गर्दै कृषि र बाख्रा फार्म, विदेशीलाई सूचना बेचेको,  रातो पासपोर्टकान्ड, घडी काण्ड, नक्कली शरणार्थी प्रकरणको अडियो काण्डबारे आएका समाचारबारे पनि संसदीय छानबिन समिति गठन गर्ने हो भनेर प्रश्न गरेका थिए।

'विदेशीलाई सूचना बेचेको जानकारी थाहा छ भने भनौँ भनेर भन्ने हैन, कारबाही गरिहाल्ने हो’ थापाले संसद्को बैठक स्थगित भएपछि पत्रकार सम्मेलन गरेर भने’फाइल खोल्दिऊँ भनेर धम्क्याउने हैन। फाइल खोलिहाल्ने हो।'

नेपाली कांग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव पठाएको तर सो प्रस्ताव आफूले नमानेपछि सहकारीको विषय उठाएको उनले दाबी गरेका थिए। त्यसको प्रतिउत्तरमा थापाले 'सहकारी छानबिन समितिको कार्यक्षेत्रबारे थोरै लचक भए आफू डोमोक्रेट एलाएन्स बनाउन तयार रहेको सन्देश नेपाली कांग्रेसका पूर्व नेतामार्फत पठाइरहेको दाबी गरे।

टिओआरमा लचक बनिदिन नेपाली कांग्रेसका नेताहरूलाई नेपाली कांग्रेसका पूर्व नेता जो अहिले उहाँको परम मित्र हुनुहुन्छ उहाँलाई पठाएकोबारे भन्नुको अर्थ नभएको उनले बताए।

गृहमन्त्री रवि लामिछानेले आइतबारको सम्बोधनबाट सांसदलाई बहकाउने प्रयास गरेको भन्दै उनले सहकारी ठगीमा उनको संलग्नताबारे प्रमाणहरू रहेको र संसदीय छानबिन समिति गठन गर्दा गृहमन्त्री लामिछाने संलग्न सहकारी भनेरै तोक्नुपर्ने बताए।

जेठ ६, २०८१ आइतबार २०:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।