अहिले सत्ताको सबैभन्दा धेरै अपराधिकरण भयो : दमननाथ

अहिले सत्ताको सबैभन्दा धेरै अपराधिकरण भयो : दमननाथ

काठमाडौँ : पूर्व सभामुख दमननाथ ढुंगानाले अहिले सत्ताको सबैभन्दा बढी अपराधिकरण भइरहेको बताएका छन्। प्रदीप गिरी अध्ययन संस्थाले काठमाडौँमा गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले गणतन्त्र आउनु क्रान्तिकारी परिवर्तन भएको बताउँदै यही क्रान्तिकारी परिवर्तनमा राज्यको संरचनामा सबैभन्दा धेरै अपराधिकरण भएको बताएका हुन्।

दक्षिण एसियाली देशमै कम्युनिस्टहरू हराउँदै गएको अवस्थामा नेपाल भने कम्युनिष्टहरुको उर्वर भूमि बनेको र दलहरुबीच दुरी बढ्दै गएको बताए। सर्वहाराका लागि काम गर्नुपर्ने कम्युनिस्टहरू पूर्व दरबारियाको चङ्गुलमा परेको बताउँदै उनले अहिलेको अवस्थामा संविधान जोगाउनु नै मुख्य चुनौती भएको बताएका थिए।

विश्वको उत्कृष्ट संविधान भनेर २०४७ सालको संविधान समय अनुसार रिभ्यु नगर्दा संविधान असफल भएको भन्दै अहिले पनि संविधानमाथि प्रश्न उठाएकाले समयमै रिभ्यु नगरे यसको पनि मृत्यु हुने दाबी गरे।

‘अहिलेको संविधानमाथि असन्तुष्टि बढिरहेको छ। आवश्यकता अनुसार रिभ्यु गर्न आवश्यक छ। समयमै रिभ्यु नगरे मर्छ,’ उनले भने’ समयमा रिभ्यु नगरेर यो संविधान पनि मार्ने हो र!’

अहिलेको निर्वाचन प्रणालीबाट मतदाताले आफ्नो मतको सदुपयोग गर्न सक्ने अवस्था नभएको भन्दै उनले प्रत्यक्षतर्फका उम्मेदवार हेर्यो ठेकेदारहरू हाबी हुने गरेको अनि पार्टीलाई भोट दियो पार्टीले फटाहाहरूलाई नै छान्ने गरेको उनले बताए।

कार्यक्रममा सहभागी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले ४० लाखको कामै बिचौलिया रहेको ठोकुवा नै गरिन्। २०% कमिसन पहिल्यै नबुझाई कुनै कामै नहुने अवस्था रहेको दाबी गर्दै उनले असल शासक आए सार्वजनिक पद धारणा गरेका अधिकांशहरू कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग त कोही अदालतमा लर्को लागेर धाउनुपर्ने उनको धारणा थियो।

उनले निर्वाचन या शासकीय स्वरूप बदल्न आवश्यक रहेको भन्दै अहिलेको अवस्थामा दलहरूले संविधान जोगाउन सक्ला कि नसक्ला भन्नेमै शङ्का रहेको बताइन्।

कार्यक्रममा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी लगायतकाहरुले अहिलेको अवस्थामा सङ्घीय संरचना नै नबुझेकाले संरचना नै कमजोर बन्न पुगेको बताएका थिए।

२७ बैशाख, २०८१, २०:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।