सूर्यज्योति लाइफले ल्यायो सुविधायुक्त क्यूआर सेवा

सूर्यज्योति लाइफले ल्यायो सुविधायुक्त क्यूआर सेवा

काठमाडौं : सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा गतिशील क्यूआर भुक्तानी प्रणाली संचालनमा ल्याएको छ। 

यसबाट बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् भने उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण  मोबाइल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। 

यसमा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ।   

यस सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भने, 'अरु क्षेत्रमा गतिशील क्यूआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास हो। हरेक ग्राहकका लागि फरकफरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो।'  

२७ बैशाख, २०८१, १८:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।