‘हीरामण्डी’मा यौनकर्मीको भूमिका निभाएकी मनीषा : १ सटका लागि ७ घण्टा सेटमा

‘हीरामण्डी’मा यौनकर्मीको भूमिका निभाएकी मनीषा : १ सटका लागि ७ घण्टा सेटमा

एजेन्सी : निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ। यो एक पिरियड ड्रामा सिरिज नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ। सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन्। उनले हालै आफ्नो अनुभव शेयर गरेकी छन्।

मनीषाका अनुसार उनले सिरिजमा धेरै मेहनत गरेकी छन्। 

‘शुरुवाती दृश्य सबैभन्दा कठिन थियो, जुन समयमा मैले आफ्नो पात्रको सही सुर निकाल्न पाइरहेकी थिइँन। म पात्रको स्वर बुझ्ने प्रयासमा थिएँ। मैले निकै गृहकार्य गरें र मल्लिका खानको शारीरिक हाउभाउको बारेमा पढेँ। यौनकर्मीको भूमिका निभाउनु एक ठूलो चुनौती थियो। अर्को कुरा मलाई उर्दू बोल्न पनि आउँदैन थियो’, उनले भनेकी छन्।

मनीषा अगाडि भन्छिन्, ‘हीरामण्डीमा एक सट सही दिनका लागि म सात घण्टासम्म सेटमा बस्थेँ। यसपछि १२ घण्टाको सुटिङ पछि भन्सालीसँग मैले आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरें।’

मनीषाका अनुसार भन्सालीलाई हरेक दृश्य उत्कृष्ट होस् भन्ने थियो। त्यसकारण पनि कुनै प्रकारको कमी नहोस् भन्नका लागि उनी मेहनत निकै गर्थिन्।

यो सिरिजमा सोनाक्षी सिन्हा, मनीषा कोइराला, ऋचा चड्ढा, संजीदा शेख, शर्मिन सहगल, अदिति राव हैदरी, ताहा शाह बदुशाह, शेखर सुमन र अध्ययन सुमन जस्ता कलाकारको अभिनय छ।

२७ बैशाख, २०८१, १७:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।