इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा सुरू, कमिसन १० प्रतिशत

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा सुरू, कमिसन १० प्रतिशत

काठमाडौं : ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ।

चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १० प्रतिशत कमिशन शुल्क लागू गरेको छ।

एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने सुविधा प्रदान गर्दछ।

यसले यात्रुहरूलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एपभित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ।

यसका साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन्।

यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ।

नेपालमा लागू भएको अवसरमा बोल्दै इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले आधिकारिक रूपमा नेपालमा सुरु भएको घोषणा गर्न पाउँदा उत्साहित भएको बताइन्।

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको बताइन्।

प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानीका लागि कम्पनीले आइएई पेसँग साझेदारी गरेको उनले जानकारी गराइन्।

काठमाडौं उपत्यकामा इन्ड्राइभको ट्याक्सी, मोटरसाइकल, डेलिभरी र सिटी टु सिटी राइड सेवाहरू उपलब्ध छ। यसअघि नै सेवा सुरु गरिएको भए पनि नेपालमा दर्ता भने भएको थिएन।

२५ बैशाख, २०८१, ०९:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।