जेरुसेलममा रहेको अल-जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा, इजरायलमा प्रतिबन्ध

जेरुसेलममा रहेको अल-जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा, इजरायलमा प्रतिबन्ध

एजेन्सी : इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ।

छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको इजरायलका सञ्चार मन्त्रीले बताए।

सञ्चार मन्त्रीले सोशल मिडिया प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेका छन्, जसमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ।

आइतबार, इजरायलको मन्त्रिपरिषद्ले अल-जजिरा टिभी नेटवर्क देशको राष्ट्रिय सुरक्षा लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

अल-जजिरा टिभी नेटवर्कले इजरायली सरकारको ‘राष्ट्रिय सुरक्षा’खतराको दाबीलाई ‘झूटो’ भनेको छ। उसले कानुनी जवाफको तयारी गरिरहेको छ।

इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन्। इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ।

विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ।

२४ बैशाख, २०८१, १३:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।