च्याम्पियन्स लिग सेमिफाइनल : पहिलो लेगमा डर्टमुन्डले पीएसजीलाई हरायो

च्याम्पियन्स लिग सेमिफाइनल : पहिलो लेगमा डर्टमुन्डले पीएसजीलाई हरायो

काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई  (पीएसजी)लाई हराएको छ।

बुधबार राति भएको खेलमा डर्टमुन्डले पीएसजीलाई १-० गोलले पराजित गरेको हो।

डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६औं मिनेटमा निकलास फुलक्रुगले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो।

दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुनेछ।

२० बैशाख, २०८१, ०७:५८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।