मोर्चाको अवस्था निकै खराब भएको युक्रेनी सेना प्रमुखद्वारा स्वीकार

मोर्चाको अवस्था निकै खराब भएको युक्रेनी सेना प्रमुखद्वारा स्वीकार

एजेन्सी : युक्रेनका सेना प्रमुखले मोर्चाको अवस्था निकै खराब भएको स्वीकार गरेका छन्।

जनरल अलेक्जेन्डर सिरेस्कीले पूर्वी मोर्चामा युक्रेनी सेनापछि हट्नुपरेको बताएका हुन्।

युक्रेनले अमेरिकाबाट सैन्य सहयोग लिनुअघि नै रुसले स्थितिको फाइदा उठाउने प्रयास गरिरहेको छ।

‘अगाडिको अवस्था अत्यन्तै खराब भएको छ,’ सिरिसकीले टेलिग्राममा पोस्टमा भनेका छन्, ‘युक्रेनी सेना पूर्वी डोनेट्स्क क्षेत्रमा पछि हट्नु परेको छ।’

रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेटाइन नजिकैको बस्ती कब्जा गरेको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ।

गत हप्ता युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव अमेरिकी संसदमा पारित भएको थियो।

१७ बैशाख, २०८१, ०८:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।