उल्भ्सलाई  २–० गोलले हराउँदै आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

उल्भ्सलाई  २–० गोलले हराउँदै आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी : उल्भ्सलाई हराउँदै आर्सनल इङ्ग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

गएराति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो। प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अंक जोडेको छ।

उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक एक गोल गरे। 

खेलको ४५ औं मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १–० को अग्रता दिलाएका थिए। ९० मिनेटपछिको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए। 

गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४ औं स्थानमा उक्लिएको छ।  

यस्तै, १९ औं स्थानको बर्नलेले २० औं स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो। 

प्रिमियर लिग अन्तर्गत आज एभर्टन र नटिङ्घम फरेस्ट, क्रिष्टल प्यालेस र वेष्टह्याम युनाइटेड, एष्टन भिल्ला र बर्नमाउथ र फुलह्याम र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ।

९ बैशाख, २०८१, ०८:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।