२५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा प्रकाउ

२५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा प्रकाउ

दैलेख: २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्का रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खड्काले ती युवतीलाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको अस्थायी प्रहरी पोष्ट घोडाबासले जनाएको छ।

युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

८ बैशाख, २०८१, १३:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।