माधवकुमार नेपाललाई भेटेपछि देउवाले डाके आकस्मिक बैठक

माधवकुमार नेपाललाई भेटेपछि देउवाले डाके आकस्मिक बैठक

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।

बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्।

सभापति देउवाको आह्वानमा आकस्मिक रूपमा बैठक बसेको एक नेताले जानकारी दिए।

कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो।

बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।

६ बैशाख, २०८१, ११:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।