राप्रपा नेता जबराको आश्वासन : 'हामी एकदिन यो मुलुकमा रामराज्य दिन्छौं'

राप्रपा नेता जबराको आश्वासन : 'हामी एकदिन यो मुलुकमा रामराज्य दिन्छौं'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरू लागिरहेको बताएका छन्। 

विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरूले रामराज्य पनि दिने बताए। 

उनले भने, ‘हामी यो मुलुकलाई हिन्दु बनाउन कस्सिएका छौं। एक दिन यो मुलुक हिन्दु हुन्छ। सके रामराज्य पनि हामी दिन्छौं।’

उनले हिन्दु धर्म अत्यन्तै सहिष्णु र परम्परागत भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। 

‘हिन्दु धर्म यस्तो हो जसले मान्छेलाई धर्म परिवर्तन गर्नुपर्छ भन्दैन, यो वैदिक परम्परादेखि चलेको धर्म हो,’ उनले भने। 

जसरी रामले राज्य गर्दा सबैको जय हुने राज्य थियो, त्यसैगरी नेपाललाई राम राज्य बनाउनुपर्ने उनको तर्क छ।  

५ बैशाख, २०८१, १८:०३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।