'सरकारी कार्यालय, कलेज, अस्पताल जस्तै होस्टलहरूमा पनि लागूऔषध र मदिरा निषेध गर्नुपर्छ'

'सरकारी कार्यालय, कलेज, अस्पताल जस्तै होस्टलहरूमा पनि लागूऔषध र मदिरा निषेध गर्नुपर्छ'

काठमाडौं : नेपाल होस्टल एशोसिएशनका अध्यक्ष अर्जुन पराजुलीले सरकारी कार्यालय, कलेज, अस्पतालहरू जस्तै होस्टलहरुमा पनि लागूऔषध र मदिरा निषेध गर्नुपर्ने बताएका छन्। 

मंगलबार नेपाल होस्टल एसोसिएसनको केन्द्रीय कार्यसमितिको ११ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष्य पराजुलीले निजी क्षेत्रमा संचालित छात्राबासहरुलाई मर्यादित, व्यवस्थित, सुरक्षित र निर्भीक बनाउँदै व्यवसायीहरूले तिर्दै आएको घर बहाल कर घरधनीले नै तिर्नुपर्ने नीतिगत व्यवस्था गर्न काठमाडौं महानगरलाई मागपत्र बुझाएर निरन्तर ताकेता गरिरहेको बताए। 

उनले भने, ‘सरकारी कार्यालय, कलेज, अस्पतालहरू जस्तै होस्टलहरुमा पनि लागूऔषध र मदिरा निषेधित क्षेत्र स्थापित गर्न निजी क्षेत्रमा संचालित छात्रावासलाई व्यवस्थित, मर्यादित र सुरक्षित र निर्भिक बनाई होस्टलहरू व्यवस्थापनमा एकरूपता बनाउने उद्देश्यले २०८० वैशाख ६ गते होस्टल व्यवसायीहरूले तिर्दै आएको घर बहाल कर धरधनीले तिर्नुपर्ने नीतिगत व्यवस्था गरिदिन, होस्टल व्यवसाय शैक्षिक क्षेत्र भएकोले सोही अनुरूप व्यवसाय करमा अधिकतम छुटको व्यवस्थ गर्न र काठमाडौं महानगर भित्रका घरहरूको घर बहाल कर क्षेत्रगत रुपमा निर्धारण गरी कार्यान्वयन गराउन डेनिमेशनसहित लिखित माग पत्र दर्ता गराएका छौं।’

काठमाडौं महानगरसँगको पटक पटकको छलफल पछि होस्टल संचालन मापदण्ड २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्न सफल भएको उल्लेख गर्दै उनले राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण २०८० कार्यान्वयनका लागि पहल गरिरहेको बताए। 

१८ बैशाख, २०८१, १८:०४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।