पशुपतिनाथको सुनको जलहरीमा अनियमितता गरेको तीन आरोपीले पाए सफाइ

पशुपतिनाथको सुनको जलहरीमा अनियमितता गरेको तीन आरोपीले पाए सफाइ

काठमाडौँ : पशुपतिनाथको जलहरी राख्दा सुनमा अनियमितता गरेको अभियोग लागेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनाले सफाइ पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मङ्गलवार थापा, डा. प्रदीप ढकाल र बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।

पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्नेक्रममा सुन हिनामिना गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र विशेट नाइके अरुणकुमार श्रेष्ठ विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

करिब डेढ किलो सुन हिनामिना गरेर एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबीलाई विशेष अदालतको इजलासले अस्वीकार गर्यो।

कोषले नेपाल राष्ट्र बैङ्कबाट १०२ किलो ६१४ ग्राम शुद्ध सुन खरिद गरेर १०० किलो ८५ ग्राम शुद्ध सुन मात्र प्रयोग गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।

१८ बैशाख, २०८१, २१:३२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।