मलामीको चिर्पट प्रहारबाट इटहरीको मुक्तिघाटमा शव जलाउने युवकको मृत्यु

मलामीको चिर्पट प्रहारबाट इटहरीको मुक्तिघाटमा शव जलाउने युवकको मृत्यु

सुनसरी : जिल्लाको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामीले चिर्पट प्रहार गर्दा शव जलाउने युवकको मृत्यु भएको छ।

युवकको मृत्यु भएपछि प्रहरीले इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।

इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेशले  र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो। हाल फरार अनिल तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।

४ बैशाख, २०८१, १३:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।