घर​​​​​​​बाटो सिफारिस दिन १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा

घर​​​​​​​बाटो सिफारिस दिन १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं : घर बाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ। 

१५ हजार रुपैयाँ घुसको रकमसहित पक्राउ परेका उनीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

उनलाई आयोगको बुटवल कार्यालयको टोलीले गत चैत १८ गते नियन्त्रणमा लिएको थियो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुने मागदाबी लिई विशेष अदालतमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ।

१७ बैशाख, २०८१, १८:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।