आजबाट पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य

आजबाट पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य

काठमाडौं : नेपाल आयल निगमले आजबाट कायम हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ।

नेपाल आयल निगम लिमिटेडका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढाएको जानकारी सोमबार दिएको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ रुपैयाँ पुगेको छ।

निगमले पहिलो वर्गअन्तर्गत विराटनगर, चारआली, अमलेखगञ्ज,जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा कायम गरेको जनाएको छ।

यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य तोक्दा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ।

४ बैशाख, २०८१, ०७:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।